
![]() |
श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु, सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ ११ गते सोमबार, नेपाल सम्बत ११३६ बछलाथ्व, सन् २०१६ मे २४ तारिकमेषः– काम गर्दा साना तिना समस्या आए पनि निर्धक्क सँग गर्नु होला अवस्य सफलताका सिढि चढ्न पाईनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पारिवारिक सुख,शान्ति मिल्नेछ वृषः– उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउने छ । आम्दानी बढ्नेछ । शत्रुको बक्रदृष्टि पर्ने हुदा सजग रहनु होला । मिथुनः– यात्राबाट फाइदा कासै हुने छैन । समयमा निर्णय लिन सकिएन भने आफ्नो कामबाट अरुले फाइदा लिने छन् । आलस्यता बढ्नेछ । पढाईका साथै बाहिरी काममा चासो बढ्नेछ । कर्कटः– धन सम्पतिको विषयलाई लिएर टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ । सिंहः– बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्ने छ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा सुधार आउनेछ ।

![]() |
0 comments Blogger 0 Facebook
Post a Comment